शनिबार थप पाँच सयमा कोरोना संक्रमण, तीनको मृ’त्यु

admin

काठमाडौं, पुस ११ : पछिल्लो २४ घण्टामा देशभर थप ५ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय जनामा कोरोना पुष्टि भएको हो। यीसहित हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ५७ हजार ७ सय पुगेको छ।


पछिल्लो २४ घण्टामा ८४० जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ४९ हजार १ सय ३२ पुगेको छ। त्यस्तै, यसको संक्रमणबाट थप ३ जनाको मृ’त्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृ’त्यु हुनेको संख्या एक हजार ८ सय १९ पुगेको छ।

प्रतिक्रिया