भारतीय नक्कली नोटसहित दुई जना प’क्राउ

admin

विराटनगरः मोरङको रंगेली-८ दर्बैसा स्थतिबाट दुई जना भारतीयलाई १७ हजार ७ सय रुपैया भारतीय नक्कली नोट सहित प्र’हरीले प’क्राउ गरेको छ।

ईलाका ‘प्रहरी कार्यालय रंगेलीका अनुसार प’क्राउ पर्नेमा भारतको बौका चोप्राह बस्ने ३० बर्षीय कुन्दन मण्डल र १८ बर्षीय शविरन्जन सिंह रहेका छन। विआर ३८ एन ०२५१ नम्बरको मोटरसाईकलमा सवार गरी आएका मण्डल र सिंहलाई प्र’हरी टोलीले नियन्त्रणमा लिइएको हो।

नियन्त्रणपश्चात् उनीहरु उपर चेकजाँच गर्दा भारतीय नक्कली नोट २०० दरको १७ थान र १०० दरको १४३ थान फेला पारी बरामद गरिएको ईलाका प्र’हरी कार्यालय रंगेलीले जनाएको छ। यसरी नक्कली भारतीय रुपैया सहति प’क्राउ परेका उनीहरु उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाइएको छ।

प्रतिक्रिया