पूर्वराजदूत गोविन्द लोहनीको नि’धन

admin

काठमाडौं : पाकिस्तानका लागि नेपाली पूर्वराजदूत, वरिष्ठ अर्थशास्त्री तथा लेखक गोविन्द लोहनीको नि’धन भएको छ। ९३ वर्षीय लोहनीको उपचारको क्रममा शनिबार राति मेडिसिटी अस्पतालमा नि’धन भएको हो।

विगत दुई महिनादेखि स्वासप्रस्वास सम्बन्धी समस्याका कारण उनलाई अस्पताल भर्ना गरेर उपचार गरिँदै आएको थियो। उनको शनिबार राति ९ बजेर ५० मिनेट जाँदा नि’धन भएको छोरा कपिल लोहनीले जानकारी दिए।

नेपाली राजनीतिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका लोहनीको आज बिहान साढे १० बजे पशुपति आ’र्यघाटमा अन्तिम सं’स्कार गरिने छ।  डिल्लीबजारका बासिन्दा लोहनीका तीन छोरा र एक छोरी छन्। केन्द्रीय बैंकको स्थापना तथा त्यसको अनुसन्धानमा पनि लोहनीले विशेष काम गरेका थिए।

प्रतिक्रिया