काठमाडौं, १२ पुस : नेपालमा कोरोना भाइरसको संक्रमण भएकामध्ये ९६ दशमलव आठ प्रतिशत निको भएका छन् । अहिलेसम्म दुई लाख ५८ हजार एक सय ८१ जनामा संक्रमण भएकोमा दुई लाख ४९ हजार आठ सय ६३ जना निको भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
बितेको २४ घण्टामा देशभर तीन हजार आठ सय २८ जनाको पीसीआर परीक्षण गर्दा चार सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले नेपालमा छ हजार चार सय ९३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै बितेको २४ घण्टामा छ जनासहित एक हजार आठ सय २५ जनाको ज्यान गएको छ भने बितेको २४ घण्टामा सात सय ३१ जना निको भएका छन् ।