काठमाडौं, पुस १२ : संखुवासभामा प्र’हरी र विप्लव समूहबीच गोली हा’नाहा’न भएको छ। आइतबार दिउँसो सवा ३ बजे चैनपुर नगरपालिका-४ मैदानेमा गस्तीमा गएको प्र’हरीको टोलीमाथि गोली प्र’हार गरेको थियो।
जिल्ला प्र’हरी कार्यालय, प्र’हरी नायब उपरीक्षक (डिएसपी) नवराज मल्लका अनुसार सुरूमा एपिएफसहित खटिएको प्र’हरी टोलीमाथि गोली प्र’हार भएको हो। ‘एपिएफसहित हाम्रो २०-२५ जनाको टोली नियमित गस्ती गएको थियो,’उनले भने,’गस्ती गएको टोलीमाथि विप्लव समूहले गो’ली प्र’हार गरेर जंगलतिर भागे।’
उनका अनुसार विप्लव समूहका कार्यकर्ताले ४-५ राउन्ड गोली प्रहार गरेका थिए। त्यसबाट कसैलाई क्षति नपुगेको प्र’हरीले जनाएको छ। प्र’हरीले पनि जवाफी फाइरिङ गरेको डिएसपी मल्लले बताए।
‘हाम्रो टोलीले पनि १५-२० राउन्ड गोली प्र’हार गरेको थियो। अहिलेसम्म कोही घा’इते भए/नभएको खबर आइसकेको छैन,’उनले भने,’हाम्रो टोली चेकपोष्टहरूमा अहिले खटिएको छ।’