१६ थान देवीदेवताको मूर्तिसहित चाँदीको दियो बरामद

admin

भद्रपुर : अवैध रुपमा झापाबाट भारत लगिँदै गरेको १६ थान देवीदेवताको मूर्तिसहित ९७ वटा चाँदीको दियो प्र’हरीले बरामद गरेको छ। बरामद गरिएको वस्तुलाई २ लाख ६८ हजार मुल्याकंन तोकेर मेची भन्सार कार्यालय काँकडभिट्टामा आइतबार बुझाइसकेको प्र’हरीले जनाएको छ।

जिल्ला प्र’हरी कार्यालय झापा र ईलाका प्र’हरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रह’री टोलीले विशेष सूचनाको आधारमा आइतबार बिहान मेचीनगर नगरपालिका ६ स्थित नकल बन्दा नाकाबाट उक्त वस्तु बरामद गरेको इलाका प्र’हरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए।

प्र’हरीका अनुसार सेतो बोरा राखिएको चाँदी र तामाको लेप लगाएका सरस्वती, दुर्गा, बुद्ध भगवानका मूर्ति र कचौरा प्रकारका ९७ थान दियो ब’रामद गरिएको हो। बरामद गरिएको प्रत्येक मूर्तिको अनुहार कागतले छोपिएको र प्लास्टिकमा प्याक गरेर लाहाको प्रयोग गरी विभिन्न नम्बर लगाइएको डिएसपी पोखरेलले बताए।

प्र’हरीका अनुसार नेपालमा बनाइएका यस्ता मूर्ति भारतका विभिन्न राज्यमा रहेका मठमन्दिर र गुम्बाहरूमा लैजाने गरिन्छ। त्यहाँ यस्ता वस्तुको माग बढी हुनु गरेको प्रहरीको भनाई छ। पुरातात्त्विक विभागले यसको बेचबिखनमा रोक नलगाएको भए पनि लुकिछिपी अवै’ध रूप यस्तो वस्तुहरूको कारोबारमा हुनु गरेको प्रह’रीको भनाई छ।

प्रतिक्रिया