चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डल र दाहालबीच भेटवार्ता

admin

काठमाडौं, १३ पुस : चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले नेकपाको प्रचण्ड नेपाल समूहका शीर्ष नेताहरुसँग छलफल भएको छ । उक्त टोलीले बिहान अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग उनकै निवास खुमलटार पुगेर भेट गरेको छ । भेटमा प्रतिनिधिसभा विघटन र नेकपा विभाजनलगायतका विषयमा कुराकानी भएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले सोमबार नै अर्का अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गर्ने नेकपाको प्रचण्ड-नेपाल समूहले जनाएको छ ।

आइतबार काठमाडौं आउनेबित्तिकै चिनियाँ प्रतिनिधिमण्डलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेको थियो । विभाजन भइसकेको नेकपालाई मिलाउने प्रयासमा चिनियाँ टोली काठमाडौं आएको बुझिएको छ ।

प्रतिक्रिया