आज सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १३ पुस : सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ९४ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९४ हजार ९०० रुपैयाँ पुगेको हो ।

यस्तै तेजावी सुनको मूल्य तोलामा ९४ हजार ४०० पुगेको छ । यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बढेर १३१५ रुपैयाँमा कारोबार भएको हो ।

प्रतिक्रिया