विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको

admin

काठमाडौं, १३ पुस : विदेशमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमणमुक्त हुने नेपालीको संख्या उल्लेख्य रुपमा बढेको छ । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार विदेशमा कोरोना संक्रमित नेपालीमध्ये ९४.५ प्रतिशत निको भएका छन् ।

स्वास्थ्य समितिको तथ्याँक अनुसार शनिबार साँझसम्म विदेशमा रहेका ५२ हजार ८ सय ७२ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ४९ हजार ८ सय ९२ जना निको भएका छन् । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाका अनुसार यो साता विदेशमा कोरोना भाइरसबाट कुनै मानवीय क्षति भएको छैन ।

सापकोटाका अनुसार यो साता नाइजेरिया, साउदी, कुवेतमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ । अहिलेसम्म विदेशका विभिन्न २१ देशमा रहेका ३ सय १२ जना नेपालीको कोरोना संक्रमणका कारण ज्यान गएको छ ।

प्रतिक्रिया