एक हप्ताका लागि बन्द, मनकामना केबलकार

admin

गोरखा, १३ पुस : मनकामना केबलकार एक हप्ताका लागि बन्द हुने भएको छ । केबलकारको नियमित मर्मत सम्भार गर्नुपर्ने भएकाले आउँदो १४ गते मंगलबारदेखि २० गते सोमबारसम्म सेवा बन्द हुने मनकामना दर्शन प्रालीले जनाएको छ । आउँदो २१ गतेदेखि भने सेवा सुरु हुने छ ।

कोरोनाको महामारीसँगै नौ महिना बन्द रहेको केबलकार गएको मंसिर २८ गतेदेखि फेरि सञ्चालनमा आएको थियो । मनकामना केबलकारको सेवा बन्द रहे पनि मनकामना मन्दिर भने भक्तजनका लागि नियमित खुला नै रहने छ ।

भक्तजनको संख्या दिनहुँ बढे पनि मर्मत गर्नुपर्ने भएकाले अहिले एक हप्ताका लागि सेवा रोकेको मनकामना दर्शन प्रालीका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । 

प्रतिक्रिया