चिनियाँ आएसँगै दक्षिणको टोली पनि आयो दौडँदै

admin

काठमाडौं, पुस १५ : चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली आइतबारदेखि राजनीतिक भेटघाटमा व्यस्त छ । र, त्यसको भोलिपल्टै दक्षिणी छिमेक भारतबाट अर्को टोली काठमाडौं उत्रिएको छ ।

चिनियाँ टोलीका नेता गुओले सबैसँग एउटा समान जिज्ञाशा राखेका थिए, ‘कसरी यो समस्या आयो ?’ शीतल निवास र बालुवाटारले खुमलटार र कोटेश्वरतिर तेस्र्याए पनि उताको भेटमा भने समस्याको उत्पत्तिका बेलिबिस्तार सबै दस्तावेज पल्टाएरै गराइएको स्रोतले बताएको छ । नेकपा अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा प्रधानमन्त्रीको आनिबानी र कम्युनिष्ट पार्टीलाई मूलभूत रूपमा कस्तो बनाउने भन्नेमा रहेको उहाँसँगको अन्तर्विरोधलाई सचित्र केलाइएको थियो ।

एभरेष्ट होटल बानेश्वरको सातौं तल्लामा घाम ताप्दै नेपालसँगको कुराकानीमा चिनियाँहरूले नेकपाको आन्तरिक समस्यामा आफूहरूले हस्तक्षेप गर्न नचाहेको पटकपटक उच्चारण गरेका थिए । उनीहरूको भनाइ थियो, ‘मिलेर जानुस् भन्नेमात्र हाम्रो चाहना हो ।’ त्यहीबीचमा टोलीका एकजनाले सोधे, ‘मिल्ने सम्भावना कत्तिको छ होला ?’ नेपालको जवाफ थियो, ‘हाम्रा उपाध्यक्ष वामदेव गौतमले कोसिस गर्दै हुनुहुन्छ ।’ फेरि चिनियाँले सोधे, ‘उहाँसँग त्यस्तो के सूत्र छ होला मिलाउनको लागि ?’ नेपालले फ्याट्ट भन्नुभयो, ‘प्रधानमन्त्रीको दिमाग परिवर्तन गर्न कस्सिएको छु भन्नुभएको छ । हेरौं, उहाँले कति सक्नुहुन्छ †’ यसो भनिनसक्दै माधवले थप्नुभयो, ‘उहाँले जे भनेपनि मचाँहि त्यति धेरै आशावादी छैन । वामदेवले म जोडतोडका साथ लाग्छु भन्नुभएको छ । हेरौं, कति पार लाग्छ ! उहाँ धेरै आशावादी हुनुहुन्छ ।’

यसअघि मंसिरको ३० र पुस १ का निम्ति नेपालबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली भारत भ्रमणमा जाने टुंगो लागेको थियो । तर, विकसित घटनाक्रमले त्यो रोकिएर उत्तरको टोली आएजस्तै दक्षिणको पनि ताँती लाग्न थालेको छ ! अस्ति सोमबार एअर इण्डियाको उडानबाट आलोक रञ्जन झासहित तीन जना भारतीय अधिकारी (निधि आनन्द र विनय बहल) आएलगत्तै भेटघाट शुरु भएको छ ।

त्यहाँको बिदेश मन्त्रालयमा ‘रअ’ ले आफ्नो सम्पर्क अधिकारी खटाउने प्रचलन छ । उनी पनि त्यस्तै भूमिकाका मानिन्छन् । ०५४ को एमाले विभाजनताका काठमाडौंस्थित भारतीय दूतावासमा कार्यरत मनोज भारती (विशेष अतिरिक्त सचिव) मातहत इस्ट्याब्लिस्मेन्ट र गेम डिभिजन प्रमुख) अर्कातिर नेकपा नेता वामदेव गौतमले पार्टी एकता जोगाउने पहलअन्तर्गत अस्ति बहान र दिउँसो गरी दुईपटक बिष्णु पौडेल र एकचोटि हरि पराजुली अनि भाष्कर काफ्लेलाई घरमै भेट्नुभएको छ । आजको जनआस्था साप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया