उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात

admin

काठमाडौं, १५ पुस : बुधबार देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । पश्चिमी वायुको प्रभावका कारण हल्का हिमपातको सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । उनका अनुसार सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

यस्तै कर्णाली र गण्डकी प्रदेशको आकाशमा बुधबार बादल लाग्ने सम्भावना छ । दिनभर बादल नलागे पनि पारिलो घाम पनि नलाग्ने उनले बताइन् । तराईमा बिहानतिर एकछिन कुहिरो लाग्नेछ । दिउँसो कुहिरो हटेर घाम लाग्ने सम्भावना छ ।

अरु ठाउँको मौसम आज सामान्यतया सफा नै रहने मौसविद् कँडेलले जानकारी दिइन् । राति पनि कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही ठाउँको आकाशमा बादल लाग्नेछ । यसैबीच बुधबार बिहान ६ बजे काठमाडौं उपत्यकाको तापक्रम २ डिग्री सेल्सियस मापन गरिएको छ ।

प्रतिक्रिया