सामान्य बढ्यो आज सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १५ पुस : सुनको मूल्य बुधबार तोलामा एक सय रुपैयाँले बढेको छ । मंगलबार ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य तोलाको ९४ हजार २ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । मंगलबार १३ सय रुपैयाँमा किनबेच भएको चाँदीको मूल्य बुधबार १३ सय ५ रुपैयाँ तोकिएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजार नै स्थिर नभएकाले नेपाली बजारमा सुनचाँदीको मूल्य तलमाथि भइरहेको व्यवसायीहरुको भनाइ रहेको छ ।

प्रतिक्रिया