बेलायतले अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिनलाई अनुमति दियो

admin

एजेन्सी, १५ पुस : अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकले बनाएको कोरोनाभाइस विरुद्धको भ्याक्सिन प्रयोगको लागि बेलायतले अनुमति दिएको छ । बेलायतले उक्त भ्याक्सिन निर्माता कम्पनी एस्ट्राजेनेकासँग दश करोड भ्याक्सिनको माग पनि गरिसकेको बीबीसीले जनाएको छ ।

पाँच करोड मानिसमा लगाउनको लागि यति औषति पर्याप्त हुने बताइएको छ । एस्ट्राजेनेकालाई मेडिसिन रेगुलेटरले अनुमति दिएसँगै यस भ्याक्सिनलाई सुरक्षित र प्रभावकारी ठानिएको छ ।

अक्सफोर्ड-एस्ट्राजेनेका भ्याक्सिनलाई २०२० को सुरुवाती महिनामै बनाउन सुरु गरिएको थियो । अप्रिलमा पहिलोपटक यसको परीक्षण गरिएसँगै हजारौं मानिसमा ‘क्लिनिकल ट्रायल’ पनि भइसकेको छ ।

प्रतिक्रिया