सक्रिय संक्रमितको संख्या ६ हजार ३ सयमा झर्‍यो, थप ७ जनाको ज्यान गयो

admin

काठमाडौं, १५ पुस : नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६ हजार ३ सयमा झरेको छ । पछिल्ला दिनहरुमा कोरोनाको नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घटिरहेको छ ।

बितेको २४ घण्टामा पाँच सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६० हजार ५९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै २४ घण्टामा ६ सय जना निको भएसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या दुई लाख ५१ हजार ९ सय १२ पुगेको छ । बुधबार थप सात जनाको ज्यान गएसँगै नेपालमा अहिलेसम्म कोरोना संक्रमणबाट एक हजार आठ सय ४७ जनाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया