एमालेको बैंक खाता रोक्न प्रचण्डको पत्राचार

admin

काठमाडौं : नेकपा विभाजनलगत्तै प्रचण्ड–माधव नेपाल पक्षले तत्कालीन नेकपा एमालेको नाममा रहेका बैंक तथा वित्तीय संस्थाहरुको खाता रोक्का गर्न सम्बन्धित संस्थामा पत्र पठाएको छ । पार्टी एकता भए पनि तत्कालीन एमाले र माओवादीका नामका खाता अलग–अलग सन्चालनमा थिए ।

प्रचण्ड–माधव पक्षका कार्यालय सचिव श्रीराम ढकालले दुवै अध्यक्ष प्रचण्ड र माधव नेपालले हस्ताक्षर गरेर पत्राचार भएको बताए । त्यसबारे विस्तृतमा आफूलाईं जानकारी नरहेको उनको भनाइ छ ।

यता ओली पक्षका केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले भने एमालेको नाममा सन्चालित खाता माओवादीका अध्यक्ष प्रचण्डले रोक्का गर्ने भन्ने कुरा नै हाँस्यास्पद रहेको बताए । एमालेका बैंक खाता यथावत सन्चालनमा रहेको उनको भनाइ छ ।

तत्कालीन एमालेको बैंक खाता विष्णु रिमाल, कृष्णगोपाल श्रेष्ठ र खेम पौडेलको नाममा सन्चालित छन् । चेकमा तीनजनाको हस्ताक्षर चल्नेमा रिमाल र श्रेष्ठ ओली नेतृत्वको नेकपाका नेता हुन् भने पौडेल कर्मचारी हुन् ।

रिजालका अनुसार खाता उनको नाममा ल्याउने प्रक्रिया चलिरहेका बेला पार्टी बिभाजन भएको छ । पार्टीको चल अचल सम्पत्ति एमालेकै नाममा रहेको र एमालेको निर्वाचित अध्यक्ष केपी ओली भएकाले अर्को पक्षको हक नलाग्ने अ‍ोली पक्षको भनाइ छ ।

प्रतिक्रिया