१० दिनपछि प्रचण्डलाई प्रधानमन्त्री ओलीको फोन

admin

काठमाडौं, पुस १५ : प्रधानमन्त्री केपी शर्मा ‌ओलीले संसद विघटनको १० दिनपछि बुधबार नेकपाका दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोनमा कुराकानी गरेका छन्।

यद्यपि उनीहरुबीचको कुराकानी राजनीतिक विषयमा होइन, पारिवारिक विषयमा भएको हो। ओलीले अध्यक्ष दाहाललाई फोन गर्दै उनकी श्रीमती सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

मेडिसिटी अस्पतालमा बुधबार नै उपचारका लागि भर्ना भएकी सीताको स्वास्थ्यलाभको कामना गर्दै ओलीले आफूले भेट्न अर्थमन्त्री बिष्णु पौडेल र पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पठाउन लागेको जानकारी गराएका थिए।

पुस ५ गते बिहान संसद विघटनअघि पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीसँग फोन गरी बालुवाटारमै गएर भेटेपछि नेकपाका दुई शीर्ष नेताहरुबीच पहिलोपटक फोनमा कुराकानी भएको हो।

छोरा प्रकाश दाहालको निधनपछि केही वर्षयता मानसिक तथा शारीरिक रुपमा कमजोर बनेकी सीताको स्वास्थ्यमा समस्या आएपछि बुधबार नै मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको हो।

प्रतिक्रिया