आज सामान्य घट्यो सुनचाँदीको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, १६ पुस : बिहीबार सुनको मूल्य तोलामा एक सय रुपैयाँ घटेको छ । छापावाला सुन बुधबार तोलाको ९४ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा बिहीबार एक सय रुपैयाँ घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार तेजाबी सुन तोलाको ९३ हजार छ सयमा कारोबार भइरहेको छ । यस्तै चाँदी तोलामा पाँच रुपैयाँ घटेर तोलाको एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया