भारतका मुकेश अम्बानीलाई पछि पार्दै, एसियाकै धनी बने चीनका जोङ

admin

एजेन्सी, १६ पुस : चीनका जोङ सनसान भारतका मुकेश अम्बानीलाई पछि पार्दै एसियाकै सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार सन् २०२० मा सनसानको सम्पत्तिमा सात अर्ब डलरले वृद्धि भएको छ । 

योसँगै जोङले भारतका धनाड्य अम्बानीका साथै आफ्नै देशका ज्याक मालाई पछि पारेका छन् । इण्डेक्सका अनुसार जोङ सनसान अब विश्वकै ११औं सबैभन्दा धनी व्यक्ति बनेका छन् । भ्याक्सिन तथा बोतलको पानी उत्पादन गर्ने कम्पनीका कारण जोङले यो उपलब्धि हाँसिल गरेको बीबीसीले जनाएको छ ।

जोङले यसै वर्ष आफ्नो भ्याक्सिन निर्माण कम्पनी बेइजिङ वान्टाइ बायोलोजिकल कम्पनीलाई चीनको सेयर बजारमा सूचीकृत गराएका छन् । ब्लुमबर्ग बिलेनियर्स इण्डेक्सका अनुसार जोङको कूल सम्पत्ति ७७.८ अर्ब डलर रहेको छ । जोङ ‘लोन उल्फ’को नामबाट पनि परिचित छन् । 

प्रतिक्रिया