संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन : सभामुख सापकोटा

admin

काठमाडौं, १६ पुस : सभामुख अग्नी सापकोटाले परिस्थितिमा प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिएको बताएका छन् । विभिन्न चार राजनीतिक दलमा आवद्ध महिला संगठन र सांसदहरुको ध्यानाकर्षंणपत्र बुझ्दै उनले यसअघि पुस ८ गते नै आफूले वक्तव्य मार्फत आफ्नो आधिकारिक धारणा सार्वजनिक गरिसकेको बताए ।

सभामुख सापकोटाले संविधानको रक्षा, देश र नागरिकको अधिकतम हितमा आफू सँधै समर्पित रहने प्रतिबद्धतासमेत व्यक्त गरे । उनले आफूले यस सन्दर्भमा देशका समग्र पक्षसँग सुझाव लिदै परामर्श गरिरहेको बताए । भेटमा महिला संगठनका प्रतिनिधि र सांसदहरुले प्रतिनिधिसभा पुनः स्थापना गर्नुपर्ने माग गरेका थिए ।

यस्तै महिला संगठनका प्रतिनिधिहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटनको घोषणा खारेज हुनुपर्ने बताएका छन् । यदि यो प्रतिनिधि सभालाई पुनः ब्युताउन सकिएन भने आम नागरिकको भावना विपरीत हुने उनीहरुले बताएका छन् ।

अखिल नेपाल महिला संघका अध्यक्ष अमृता थापा, समाजवादी महिला संघका अध्यक्ष निर्मला यादव, अखिल नेपाल महिला संघका अध्यक्ष मिना पुन र विवेकशिल शाझा महिलाका अध्यक्ष समिक्षा बाँस्कोटाको संयुक्त ध्यानाकर्षणपत्र सभामुख सापकोटालाई बुझाइएको हो ।

प्रतिक्रिया