विराटलाई पछि पार्दै केन विलियम्सन शीर्ष स्थानमा

admin

काठमाडौं, १६ पुस : भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीलाई पछि पार्दै न्युजिल्याण्डका केन विलियम्सन आईसीसी टेष्ट बरियताको शीर्ष स्थानमा पुगेका छन् । ८ सय ९० अंक बटुल्दै विलियम्सन बरियताको शीर्ष स्थानमा पुग्न सफल भएका छन् ।

कोहली ८ सय ७९ अंकका साथ दोस्रो र अष्ट्रेलियाका स्टिभ स्मिथ ८ सय ७७ अंकका तेस्रो स्थानमा छन् । सन् २०२० का ३ सय १३ दिन स्मिथ शीर्ष स्थानमा रहे भने ५१ दिन कोहली शीर्ष स्थानमा रहन सफल रहे ।

तर, वर्षको अन्तिम दिन भने विलियम्सन शीर्ष स्थानमा पुगेका हुन् । चौथो स्थानमा अष्ट्रेलियाकै मार्नस लाबुशेन रहेका छन् । आईसीसीको टेष्ट बलिङ्ग वरियतामा अष्ट्रेलियाका प्याट कमिन्टस शीर्ष स्थानमा रहेका छन् ।

प्रतिक्रिया