थप ५३४ जनामा संक्रमण पुष्टि, छ हजार ३७८ सक्रिय संक्रमित

admin

काठमाडौं, १६ पुस : बिहीबार थप ५३४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । छ हजार जनाको पीसीआर परीक्षण गरिएकोमा १९६ महिला र ३३८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो । यसमध्ये काठमाडौं उपत्यकामा थपिएका २४७ जना रहेका छन् ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको छ । योअवधिमा थप ४४७ जना निको भएका छन् । नेपालमा निको हुनेको दर ९६.८ रहेको छ । हालसम्म २ लाख ५२ हजार ३५९ जना निको भइसकेका छन् ।

हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३७८ रहेको छ भने ३६२ जना क्वारेन्टिनमा छन् । बितेको २४ घण्टामा थप ९ जनाले ज्यान गुमाएका छन् । हालसम्म नेपालमा कोरोनाबाट १ हजार ८५६ जनाले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया