आजदेखि अंग्रेजी नयाँ वर्ष सन् २०२१ सुरु

admin

काठमाडौं, पुस १७ : आजदेखि इस्वी संवतको नयाँ वर्ष सन् २०२१ सुरु भएको छ। नेपालसहित विश्वभरका मानिसहरुले एक(आपसमा शुभकामना आदान प्रदान गर्दै अंग्रेजी नयाँ वर्ष मनाइरहेका छन्।

इसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट (प्रभु यशु) को सम्झनामा उनको निधनपछि अनुयायीले इस्वी संवत् प्रचलनमा ल्याएका बताइन्छ। ग्रेगोरियन पात्रोअनुसार सन् २०२० को विदाई र नयाँ वर्ष सन् २०२१ को स्वागतमा विश्वभर विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यशु ख्रीस्टको जन्म भएको वर्षदेखि पादरी पोप ग्रेगोरियनले सुरु गर्नुभएका यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिन्छ।

केही वर्ष अघिदेखि नेपालका विभिन्न ठाउँमा पनि अंग्रेजी नयाँ वर्ष मनाउने गरिएको छ। कोरोना संक्रमण जोखिमका कारण यो वर्ष बाह्य पर्यटक नभएपनि नयाँ वर्ष मनाउन काठमाडौं, पोखरा, नगरकोट, धुलिखेल, चितवनको सौराहालगायत ठाउँमा आन्तरिक पर्यटक भेला भएका छन्।

ती ठाउँका रेष्टुरेन्टहरु भरिभराउ भएका बताइएको छ। अंग्रेजी नयाँ वर्षको पूर्व सन्ध्यामा नेपालसहित विश्वभर बिहीबार राति आतसवाजीसहित ‘न्यू इयर इभ’ का नाममा कार्यक्रम भएका छन्।

प्रतिक्रिया