आज सुनको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, १७ पुस : शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेको छ । सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार सुनको मूल्य तोलामा ९४ हजार एक सय रुपैयाँ तोकिएको थियो ।

यो साताको पहिलो दिन आइतबार सुन तोलाको ९४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार सात सय रुपैयाँ बढेर ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार फेरि आठ सय रुपैयाँ नै घटेर ९४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । बुधबार तोलामा १ सय रुपैयाँ बढेको सुनको मूल्य बिहीबार तोलामा १ सय रुपैयाँ नै घटेको थियो ।

त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार रहेको छ । चाँदीको मूल्य भने शुक्रबार घटबढ भएको छैन । चाँदी शुक्रबार पनि बिहीबार जस्तै तोलामा एक हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटबढ हुँदा नेपालमा पनि यसको असर पर्ने गरेको छ । 

प्रतिक्रिया