दाहाल र वामदेव गौतमबीच भेटवार्ता

admin

काठमाडौं, १७ पुस : पार्टी विभाजनपछि तटस्थ बस्दै आएका नेकपाका उपाध्यक्ष वामदेव गौतमले शुक्रबार पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् । बिहान दाहाल निवास खुमलटारमै पुगेर गौतमले भेटवार्ता गरेका हुन् ।

प्रतिनिधिसभा विघटन र पार्टी विभाजनको विपक्षमा रहेका गौतमलाई आफूतिर लाग्न दुवै पक्षले आग्रह गर्दै आएका छन् । गौतम अहिलेसम्म कसैको पक्षमा खुलेका छैनन् ।

राष्ट्रियसभाको बैठक बस्ने दिन राष्ट्रियसभा सदस्यसमेत रहेका गौतमले दाहालसँग भेट गरेका हुन् । राष्ट्रियसभा बैठकमा प्रचण्ड-नेपाल समूहले प्रतिनिधिसभा विघटनको विषय उठाउने तयारी गरेको छ ।

प्रतिक्रिया