कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८६४ पुग्यो

admin

काठमाडौं, १७ पुस : शुक्रबार थप चार सय २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पाँच हजार दुई सय २५ जनाको पीसीआर परीक्षण गर्दा चार सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ६१ हजार १९ जना पुगेको छ । यस्तै बितेको २४ घण्टामा सात सय ४८ जना कोरोना संक्रमणबाट निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५३ हजार एक सय सात जना पुगेको छ ।

अहिले नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या छ हजार ४८ जना रहेको छ । यस्तै बितेको २४ घण्टामा आठ जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया