रेशम चाैधरीको रिहाइ माग गर्दै टीकापुर थरूहटले आन्दोलन गर्ने

admin

काठमाडौं, पुस १७ : रेशम चाैधरी र लक्ष्मण थारूको रिहाइ माग गर्दै टीकापुर थरुहट र थारुवान् विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानले आन्दोलन घोषणा गरेको छ।​ आज रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरुसहित २१ वटा विभिन्न संघसंस्था अभियानको पक्षमा रहेको बताएका छन्। संयोजक सुरेन्द्र चौधरीले आन्दोलन कार्यक्रम घोषणाबारे जानकारी दिएका हुन्।

पहिलो र दोस्रो चरणको अभियान नाम दिइएको आन्दोलन कार्यक्रममा विभिन्न पक्ष र क्षेत्रका व्यक्तिसँग अन्तक्रिया गर्ने, प्रदर्शन गरी सिडिओहरुलाई ज्ञापनपत्र पेश गर्ने, पेनडाउन गर्न लगाउने, लाठी जुलुस प्रदर्शन गर्ने, आमसभाको आयोजनादेखि थप आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने तय भएको अभियानले जनाएको छ।

टीकापुर थरुहट र थारुवान विद्रोह राजबन्दी रिहाइ राष्ट्रिय अभियानका संयोजक सुरेन्द्र चौधरीले टीकापुर घ’टना व्यक्ति विशेषको आन्दोलन नभएको भन्दै पूर्वाग्रही तरिकाले व्यक्ति विशेषलाई प’क्राऊ गरी जे’ल हाल्ने गतिविधि भएको आ’रोप लगाए।

उनले सुरक्षाकर्मी उतारेर थारुमाथि दमन गरेको आरोप लगाए। चौधरीले भने, ‘यो घ’टनालाई राजनितिक छलफलबाट समाधान गरिनुपर्छ।’ घ’टनालाई जाति विशेष मु’द्दा नबनाएर राष्ट्रिय मु’द्दा बनाउन आग्रह गरे।

प्रतिक्रिया