आजको मौसम : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

admin

काठमाडौं, पुस १८ : नेपालको पश्चिमी भूभागमा आज पश्चिमी वायुको प्रभावका कारण वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

शनिबार दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात र वर्षा हुने मौसमविद् विभूति पोखरेलले जानकारी दिइन्। यस्तै, लुम्बिनी, बागमती र गण्डकी प्रदेशको मौसम आंशिक बदली रहनेछ।

महाशाखाका अनुसार आज बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १ दशमलब ३ डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर १९ डिग्री सेल्सियसम्म पुग्ने महाशाखाले अनुमान गरेको छ।

यस्तै, शनिबार राति सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षाको समेत सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्। उनका अनुसार पश्चिमी वायुको प्रभावका कारण भोलि र पर्सि पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुनेछ।

प्रतिक्रिया