नक्कली पीसीआर रिपोर्ट बनाएर विदेश जान लागेका ७ जना पक्राउ

admin

काठमाडौं, १९ पुस : नक्कली पीसीआर रिपोर्टसहित विदेश जान लागेका सात जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको छ । शनिबार साँझ फ्लाई दुबईको उडानमार्फत दुबई जानको लागि विमानस्थल पुगेका सल्यानको खैरागर घर भएका दिनेश सिंहसहित सात जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरूको साथमा रहेको पीसीआर रिपोर्ट नक्कली भएको शङ्काको आधारमा सोधपुछ गर्दा फरक व्यवहार देखाएपछि अनुसन्धान गरिएको र उनीहरूको रिपोर्ट नक्कली पुष्टि भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया