केहीले ‘गणतन्त्र’ को घरमा नै आगो लगाइदिए, लौन आगो निभाउँ : डा. भट्टराई

admin

काठमाडौं, १९ पुस : पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवादले गणतन्त्र खतरामा परेको बताएका छन् ।

आइतबार ट्वीटमार्फत नेता भट्टराईले नेकपाको आन्तरिक विवादका कारण जिन्दगीभरको मेहनतले बनाएको ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र’को घरमा आगो लागेको बताएका छन् । उनले भनेका छन्, ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घरमा सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्ररकुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए !’ 

साथै उनले केही व्यक्ति आगो निभाउनुको सट्टा खरानीको लागि दौडिरहेको भन्दै त्यो आगो निभाउन सुझाव दिएका छन् । उनले ट्वीटमा यस्तो लेखेका छन्, एक आर्किटेक्टको अनुभूतिस्जिन्दगीभरको मेहनतले’संघीय लोकतान्त्रिक गणतन्त्र’को घर बनाइयो ! सबै सन्तानलाई पुग्ने गरी कोठा थप्ने योजना थियो । केही कुपुत्र/कुपुत्रीले ठूलो कोठामा सुत्ने झगडामा घरमै आगो लगाइदिए ! केही सन्तान आगो निभाउनु सट्टा खरानीकोलागि दौडिदैछन् । छिमेकी रमिते ! ळौन आगो निभाऊॅ !

प्रतिक्रिया