आजदेखि खोल्यो साउदीले बन्द गरेको अन्तर्राष्ट्रिय उडान

admin

काठमाडौं, १९ पुस : साउदी अरेबियाले दुईहप्तादेखि बन्द गरेको अन्तर्राष्ट्रिय उडान आइतबारदेखि खोलेको छ । बेलायतमा कोरोना भाइरसको नयाँ रुप देखिएसँगै साउदीले पनि स्वास्थ्य सतर्कता अपनाउँदै गएको डिसेम्बर २० देखि अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो ।

स्थानीय पत्रिका साउदी ग्याजेटले जनाएअनुसार युरोपेली देश, दक्षिण अफ्रिका लगायतका कोरोना भाइरसको नयाँ स्वरुप देखिएका देशका नागरिकलाई साउदी प्रवेश गर्नुभन्दा पहिले १४ दिनसम्म ती देशभन्दा बाहिर बस्नुपर्ने हुन्छ । यस्तै ती देशबाट आउने साउदीका नागरिकले पनि १४ दिनसम्म आफ्नो घरमा क्वरेण्टीनमा बस्नुपर्ने साउदीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो बीचमा क्वेरीण्टीनमा बसेको ४८ घण्टा र तेह्रौं दिनमा पीसीआर परीक्षण गर्नुपर्ने हुन्छ । यी देश बाहेकका देशबाट आएका यात्रुलाई भने पीसीआर परीक्षण रिपोर्ट र सात दिनसम्मको होम क्वरेण्टीन अनिवार्य गरेको त्यहाँको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै साउदी ग्याजेटले जनाएको छ । साउदीको नागरिक उड्डयनले साउदी छाड्न चाहने विदेशी नागरिकका लागि भनेर एकतर्फी उडान भने डिसेम्बर २९ मा नै खुला गरिसकेको थियो ।

प्रतिक्रिया