देशका धेरै ठाउँको मौसम बदली, हिमपात र वर्षा हुने

admin

काठमाडौं, १९ पुस : पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उनका अनुसार आइतबार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ ।

काठमाडौं उपत्यकासहित मध्य र पूर्वी क्षेत्रको मौसम बदली भए पनि आज पानी पर्ने सम्भावना नरहेको मौसमविद् श्रेष्ठले बताए । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्को अनुमान छ ।

यो प्रणालीका कारण मंगलबारसम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् श्रेष्ठले बताए । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने उनको भनाइ छ । यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने पनि उनले बताए ।

प्रतिक्रिया