प्रचण्ड पत्नी सीतालाई थप उपचारका लागि भोलि भारत लगिने

admin

काठमाडौं, पुस १९ : दाहाल–नेपाल पक्षको नेकपा अध्यक्ष पुष्पकमल दाहालकी पत्नी सीता दाहाललाई थप उपचारका लागि भारतको लैजाने तयारी भएको छ। विगत केही दिनयता अस्वस्त रहेकी दाहाल पत्नी सीतालाई थप उपचारका भोलि (सोमबार) भारत लैजान लागिएको स्रोतले जानकारी दियो।

स्रोतका अनुसार, प्रचण्ड पनि भारत जानसक्ने सम्भावना रहेको छ। ‘सीता दाहालले प्रचण्डलाई नै जान चाहेको तर, प्रचण्ड पार्टीको व्यस्तताले जान नपाएको र यदि सीताले जिद्दीनै गरेको खण्डमा उनी जानेछन्’, स्रोतले भन्यो।

वंशानुगत पार्किन्सन जस्तो देखिने रोगबाट पीडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो। यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । पछिल्लो केही समय उनी घरमा नै आराम गरेकी थिइन्।

प्रतिक्रिया