वैशाखमा हुने चुनाव रोकिँदैन : प्रधानमन्त्री ओली

admin

काठमाडौं, १९पुस: प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो वैशाखमा घोषित चुनाव नरोकिने बताउनुभएको छ । काठमाण्डौमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी सङ्गठन (अनेरास्ववियु) काे आफू निकटकाे भेलामा प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा संसद् पुनर्स्थापना हुन नसक्ने र चुनाव भएरै छाड्ने दाबी गर्नुभएको हो ।

कतिपयले चुनाव हुँदैन भनेर भ्रम फैलाइरहेको भन्दै उहाँले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गर्नुभयो । प्रधानमन्त्री ओलीले सरकारले तोकेकै मिति वैशाख १७ र २७ गते प्रतिनिधि सभाको चुनाव हुने बताउनुभएको हो ।

प्रधानमन्त्री ओलीले चुनावलाई कसैले पनि पर सार्न नसक्ने दाबी गर्नुभयो । प्रतिनिधि सभाको चुनाव नेपाली नागरिक र देशको आवश्यकता भएकाले चुनाव तोकिएकै समयमा हुने उहाँको भनाइ छ ।

देशलाई अलमलमा बस्न नदिन चुनाव आवश्यक रहेको उहाँको भनाइ छ । पार्टीभित्र सरकारलाई काम गर्न नदिने, बदनाम गराउने, आन्दोलन ध्वस्त पार्न, राष्ट्रियता कमजोर पार्न, नक्सा छापेको तथा संविधान संशोधन भएको बहानामा गुटबन्दी गरेकाले सङ्गठन गतिशील नभएको प्रधानमन्त्री ओलीले बताउनुभयाे ।

प्रतिक्रिया