सरकार ढाल्ने रणनीतिमा धक्का : कर्णालीका सामाजिक विकास मन्त्रीले छाडे ओली पक्ष

admin

काठमाडौँ , पुस २०: कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल र जुम्लाका सांसद पदमबहादुर रोकायाले केपी ओलीलाई छाडेर प्रचण्ड–माधव नेपाल पक्षतिर लागेका छन् । उनीहरुको यो निर्णयबाट ४० सदस्सीय प्रदेशसभामा प्रचण्ड–नेपाल पक्षका सांसदको संख्या २१ पुगेको छ ।


यही अवस्थामा अविश्वास प्रस्ताव दर्ता भइहाले काँग्रेस र राप्रपाको समर्थन हुँदा पनि पारित हुने अवस्था देखिँदैन । कर्णालीमा ओली समूह प्रचण्ड–नेपाल पक्षका सांसदलाई आफूतिर तानेर काँग्रेस र राप्रपाको सहयोगमा सरकार ढाल्ने रणनीतिमा अघि बढेको देखिएको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया