बेलायतमा कोरोनाको जोखिमकाबीच विद्यालय खुलाउने तयारी

admin

एजेन्सी, २० पुस : बेलायतमा कोरोना भाइरसको संक्रमणको जोखिमकाबीच विद्यालय खुलाउने तयारी भएको छ । प्रधानमन्त्री बोरिस जोनसनले कोरोनाको जोखिम बढे पनि विद्यालय खुलाउन समस्या नभएको भन्दै बालबालिकालाई विद्यालय पठाउन आग्रह गरेका छन् ।

विद्यालय लामो समयदेखि बन्द रहँदा बालबालिकाको भविष्यमा अन्योल बढ्न सक्ने र लाखौँ विद्यार्थीको पढाइमा समस्या भएको भन्दै उनले अभिभावकलाई खुला गरिने विद्यालयमा आफ्ना बालबालिकालाई पठाएर सहयोग गर्न आग्रह गरेको बीबीसीले जनाएको छ ।

कोरोनाको जोखिम रहेकाले यो भाइरसविरुद्ध कडा प्रतिबन्धात्मक नियमलाई भने लागू गर्नुपर्ने अवस्था आउन सक्ने उनको भनाइ छ । आउँदो केही हप्तामा बेलायतका केही ठाउँमा कडा प्रतिबन्धात्मक नियम लाग्न सक्ने जोनसनले बताएका छन् ।

बेलायतले एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिडविरूद्धको खोप प्रयोगका लागि अनुमति दिइसकेको छ । सोमबारदेखि झण्डै पाँच लाख ३० हजार डोज खोप लगाउने व्यवस्था सरकारले मिलाएको छ ।

बेलायतमा अहिलेसम्म २६ लाख ५४ हजारभन्दा धेरैमा कोरोनाको संक्रमण देखिएको छ भने ७५ हजार जनाभन्दा धेरैको ज्यान गएको छ ।

प्रतिक्रिया