डेढ करोड रुपैयाँसहित २ जना काठमाडौंबाट पक्राउ

admin

काठमाडौं, २० पुस : झण्डै डेढ करोड रुपैयाँसहित काठमाडौंको थानकोटबाट दुई जना पक्राउ परेका छन् । कपिलवस्तुबाट काठमाडौं आइरहेको प्रदेश ३ २३ च २२५९ नम्बरको कार जाँच गर्दा स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँसहित भारतको गोरखपुर घर बताउने अमित गुप्ता र कार चालक कपिलवस्तुको वाणगङ्गाका सङ्गम थारुलाई पक्राउ गरिएको महानगरीय प्रहरी प्रभाव नागढुङ्गाले जनाएको छ ।

उनीहरूले कारको डिक्कीमा टायरमुनि तथा कारको विभिन्न भागमा लुकाइछिपाइ तीन वटा झोलामा पैसा राखेको प्रहरीले जनाएको छ । भारतबाट भारतीय रूपैयाँ ल्याएर नेपालको सीमा क्षेत्रमा पटक-पटक गरी नेपाली रुपैयाँमा सटही गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुई जनालाई अनुसन्धान तथा कारबाहीका लागि सम्पत्ति शुद्धीकरण विभाग पठाइएको पनि प्रहरीले जनाएको छ ।

प्रतिक्रिया