कोरोना संक्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको

admin

काठमाडौं, २० पुस : नेपालमा अहिलेसम्म कोरोना संक्रमितमध्ये ९७ प्रतिशतभन्दा धेरै निको भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिलेसम्म दुई लाख ६२ हजार दुई सय ६२ जनामा संक्रमण पुष्टि भएकोमा दुई लाख ५५ हजार ८८ जना कोरोना संक्रमित निको भएका छन् । यो कुल संक्रमितको ९७ दशमलव २६ प्रतिशत हो ।

बितेको २४ घण्टामा चार सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने पाँच सय ९४ जना निको भएका छन् । यस्तै सोमबारसम्म नेपालमा पाँच हजार दुई सय ८९ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् भने तीन सय ४२ जना क्वरेण्टीनमा रहेका छन् ।

त्यस्तै बितेको २४ घण्टामा सात जनासहित कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक हजार आठ सय ८५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया