लगातार बढिरहेको नेप्सेमा ‘ब्रेक’

admin

काठमाडौं, २० पुस : पछिल्लो समय उकालो लागेको शेयर बजार सोमबार भने ओरालो लागेको छ । सोमबार नेप्से ६ दशमलव ३६ अङ्कले घटेर २ हजार १ सय ६९ दशमलव शून्य ४ विन्दुमा झरेको छ । सोमबार बैंक, व्यापार, उत्पादन, होटल, माइक्रोफाइनान्स, जीवन बीमा र म्युचल फण्ड समूहको शेयर घटेको छ ।

विकास बैंक, जलविद्युत्, फाइनान्स, निर्जीवन बीमा र अन्य समूहको शेयर सामान्य बढेको छ । सोमबार दुई सय दुई कम्पनीका एक करोड १६ लाख ४३ हजार कित्ता शेयर पाँच अर्ब ९६ करोड १७ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको ४६ करोड रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन् । समग्र बजार घटे पनि जानकी फाइनान्स र किसान लघुवित्तका लगानीकर्ताले भने नौ प्रतिशतभन्दा धेरै कमाएका छन् ।

प्रतिक्रिया