ओलीसँग गृहमन्त्री सती गए : मन्त्री भट्टराई

admin

काठमाडौं : नेकपाका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराइले संविधान विरोधी गतिविधि गर्ने प्रधानमन्त्री केपी ओलीसँगै गृहमन्त्री रामबहादुर थापा सती गएको आरोप लगाउनुभएको छ ।

चितवनमा सोमबार आयोजित प्रचण्ड–माधव समूहको अगुवा पार्टी कार्यकर्ता भेलालाई सम्वोधन गर्दै भट्टराईले अहिलेको समयमा गर्जिनु पर्ने बादल शान्त हुँदा अचम्म लागेको छ भन्नुभयो ।

पछिल्लो समय प्रधानमन्त्री ओलीका कुरा सुनेर आफूलाई लज्जावोध भएको उहाँको भनाइ थियो । सोही कार्यक्रममा नेकपाकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री ओलीलाई के बोल्दैछु भन्ने हेक्का राखेर बोल्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया