पूर्वराज्यमन्त्री साह सवार गाडी दुर्घटना, ५ जना घाइते

admin

सुर्खेत : बाँकेको नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको पूर्वराज्यमन्त्री सवार गाडी बर्दियामा दु’र्घटना हुँदा पाँचजा घा’इते भएका छन् । पूर्वजलस्रोत राज्यमन्त्री विनोदकुमार साह सवार बा २१ च ४७४६ नम्बरको गाडी सोमबार दिउँसो बर्दियाको बाँसगढी नगरपालिका–१, मौरीखोला र उन्तिसखोलाको बीचमा दु’र्घटना भएको हो ।

दु’र्घटनामा पूर्वराज्यमन्त्री साहसहित उनकी श्रीमती लक्ष्मी शाह, विन्द्रासैनी नगरपालिका–२ दैलेखका सूर्यबहादुर शाही, आठबिस नगरपालिकाका पदम माझी र चालक विनय भण्डारी घा’इते भएको प्र’हरीले जनाएको छ ।

चालक भण्डारीको कोहलपुर मेडिकल कलेजमा र पूर्वराज्यमन्त्री साहसहित अरू चार जनाको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्र’हरी चौकी चेपाङका प्र’हरी नायब निरीक्षक जयप्रकाश भट्टले बताए ।

भट्टका अनुसार घा’इतेहरूको अवस्था खतरामुक्त रहेको छ । गाडी सडकदेखि ६० मिटर तल खसेको प्र’हरीले जनाएको छ ।

प्रतिक्रिया