जिल्लान्तर शिक्षक सरुवा रोक्का

admin

काठमाडौं : सरकारले जिल्लान्तर शिक्षक सरुवा रोक्का गरेको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले आज एक सूचना जारी गर्दै शिक्षक दरबन्दी मिलान कार्यका लागि भन्दै शिक्षक सरुवा रोकेको हो।

सूचना पत्रमा भनिएको छ– ‘शिक्षक सेवा आयोगबाट स्थायी पदपूर्तिका लागि जिल्लागत विवरणसमेत प्राप्त भएको सन्दर्भमा शिक्षक दरबन्दी मिलान कार्यका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रको पूर्व अनुमतिमा गरिने जिल्लाभर सरुवाबाहेक सबै तह र श्रेणीका शिक्षकहरुको जिल्लान्तर सरुवा अर्को सूचना प्रकाशित नभए सम्मका लागि रोक्का राखिएको व्यहोरा जानकारी गराइन्छ।’

प्रतिक्रिया