बेलायतमा फेरि लकडाउनको घोषणा

admin

एजेन्सी, २१ पुस : कोरोनाको नयाँ लहर सुरु भएसँगै बेलायतमा फेरि लकडाउनको घोषणा भएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले लकडाउन घोषणा गर्दै सबैजनालाई घरभित्रै बस्न आग्रह गरेका छन् । आउँदो फेब्रुअरी महिनाको मध्यतिरसम्म लकडाउन हुने अनुमान गरिएको छ ।

लकडाउन अवधिभर अति आवश्यक नपरि घरबाट बाहिर निस्कन पाइने छैन । देशवासीको नाममा सम्बोधन गर्दै उनले कोरोना भाइरसको नयाँ लहर अनुसार सङ्क्रमण तीव्र गतिमा फैलिरहेकाले त्यसको नियन्त्रणका लागि सरकार सक्रिय भएर लागि परेको बताएका छन् ।

दैनिक अभ्यास गर्न, अस्पताल जान, औषधि किन्न, घरेलु हिंसाविरुद्ध उजुरी दिनलगायत अति(आवश्यक कामका लागि मात्रै स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाएर घरबाट बाहिर निस्कन पाइने उनको भनाइ रहेको छ ।

बेलायतमा कोरोनाको नयाँ प्रकारको भाइरस देखा परेसँगै विभिन्न देशहरुले बेलायतसँगको हवाई उडानहरु स्थगित गरेका छन् । बेलायतसहित अरु थुप्रै देशहरुमा अहिले कोरोनाको नयाँ प्रकारको सङ्क्रमण देखा पर्न थालिसकेको छ । लकडाउन घोषणा भए पनि (आज) मंगलबारदेखि स्कुल, कलेज र विश्वविद्यालय खुलेका छन् ।

प्रतिक्रिया