ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, आज कारोबार कतिमा ?

admin

काठमाडौं, २१ पुस : मंगलबार सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेको छ । मंगलबार सुनको मूल्य ९६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सोमबार सुनको मूल्य ९५ हजार ३ सय रुपैयाँ थियो ।

मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १९ सय ४० डलर पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने सम्भावना रहेकाले नेपाली बजारमा पनि मूल्य बढ्ने सम्भावना देखिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए ।

उनकाअनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा डलर कमजोर रहेकाले लगानीकर्ता सुनमा आकर्षित भएका छन् । यसले गर्दा मूल्य अझै बढ्ने अनुमान गरिएको हो । यस्तै तेजावी सुन तोलामा ९५ हजार ९०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यसैबीच मंगलबार चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा १३२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार बढेर तोलामा १३३५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

प्रतिक्रिया