चीनका पूर्व उद्योगपतिलाई मृ’त्यु’द’ण्डको सजाय सुनाइएकोप्रति आलोचना

admin

एजेन्सी, २२ पुस : चीनका एक पूर्व उद्योगपति रहेका लाई शिओमिनलाई सुनाइएको मृ’त्यु’द’ण्ड सजायलाई लिएर कैयौँ मानव अधिकारकर्मीहरुले आलोचना गरेका छन् । उनीहरूले ‘शिओमिनको अ’पराधका लागि यो निकै कडा सजाय भएको’ बताएका छन् ।

लाई शिओमिनलाई सन् २०१८ मा पक्राउ गरिएको थियो । उनीमाथि झण्डै दश वर्षको समयमा २ सय ८० मिलियन अमेरिकी डलर बराबरको भ्रष्टाचार लिएको आरोप छ । उद्योगपति शिओमिनलाई सुनाइएको सजाय राष्ट्रपति सी जिनपिङको ‘भ्रष्टार विरोधी अभियान’ को हिस्सा भएको र यस अभियानअन्तर्गत कसैलाई सुनाइएको ‘अहिलेसम्मकै कठोर सजाय’ भएको बताइएको छ ।

चिनियाँ अधिकारीहरुका अनुसार लाई शिओमिनले ह्युआरोंग एसेट म्यानेजमेन्ट कम्पनीको अध्यक्ष रहँदा अ’पराध गरेका हुन् । उनले सन् १९९९ मा यस वित्तीय कम्पनीको स्थापना गरेका थिए । मंगलबार चिनियाँ सहर तियानजिनको एक अदालतले लाई शिओमिनलाई सजाय सुनाउँदै ‘उनको अ’पराधले देशलाई भारी क्षति पुगेको’ बताएको थियो ।

तर, मानव अधिकार सङ्गठनहरुले भने शिओमिनलाई सुनाइएको सजायले अन्तर्राष्ट्रिय मानव अधिकार मानकहरुलाई सम्मान नगर्ने बताएका छन् । ह्युमन राइट्स वाचका लागि एसियाका उपनिर्देशक पिल रोबर्टसनले बीबीसीसँग भने, ‘घुस लिएको आर्थिक अपराधका लागि मृ’त्यु’द’ण्डको सजाय दिनु भनेको चीनले अन्तर्राष्ट्रिय मानव अधिकार मानकप्रति गरेको प्रतिबद्धताको अवहेलना हो । उनको मृ’त्यु’द’ण्डको सजाय जेलवासमा बदलिनुपर्छ ।’

प्रतिक्रिया