नेपाललाई भारतको हिस्सा बनाउन नेहरुलाई त्रिभुवनको अफर : प्रणव मुखर्जीको पुस्तक

admin

एजेन्सी, २२ पुस : भारतका दिवंगत पूर्वराष्ट्रपति डा. प्रणव मुखर्जीले आफ्नो पुस्तक ‘द प्रेसिडेन्सियल इयर्स’ मा नेपालमा बारे सनसनीपूर्ण खुलासा गरेका छन् । पुस्तकमा मुखर्जीले राजा त्रिभुवन वीर विक्रम शाहले भारतका प्रधानमन्त्री जवाहरलाल नेहरु समक्ष नेपाललाई भारतमा विलय गर्ने प्रस्ताव राखेको तर नेहरुले त्यसलाई अस्वीकार गरेको दाबी गरेका छन् ।

उक्त पुस्तकमा भारतका पहिलो प्रधानमन्त्री नेहरुबारे एक खुलासा भएको उल्लेख गर्दै नवभारत टाइम्सले पुस्तकमा नेहरुलाई राजा त्रिभुवनले नेपाललाई भारतमा विलय गराउन अफर गरेको विषय उल्लेख गरिएको जनाएको हो ।

पुस्तकको ११औँ भागमा ‘माई प्राइम मिनिस्टरः डिफरेन्ट स्टाइल्स, डिफरेन्ट टेम्परमेन्टस्’ शीर्षक अन्तरगत मुखर्जीले राजा त्रिभुवनले नेपाललाई भारतको प्रान्त बनाउन प्रस्ताव गरेको दाबी गरेका छन् । यद्यपि, भारतीय प्रधानमन्त्री नेहरुले सो अफर अस्वीकार गरेको पुस्तकमा भनिएको छ । पुस्तकका अनुसार नेहरु नेपाल स्वतन्त्र राष्ट्र रहनुपर्ने चाहन्थे ।

पुस्तकमा प्रणवले यदि नेहरुको ठाउँमा इन्दिरा गान्धी भएको भए परिणाम अर्कै हुने थियो भनेर समेत चर्चा गरिएको बताइएको छ । पूर्व राष्ट्रपतिको किताबमा नेहरुको स्थानमा गान्धी भएको भए मौका खेर नजाने थियो भने दाबी गरिएको छ ।

मुखर्जीले यदी नेहरुको स्थानमा इन्दिरा गान्धी भएको भए, उनले सो अवसर आफ्नो हातबाट जान नदिने पनि बताएका छन् । उक्त पुस्तकमा अन्य कयौँ सनसनीपूर्ण खुलासा गरिएको जसमा सन् २०१४ मा यूपीएले ब्यहोरेको हारका लागि सोनिया गान्धी र मनमोहन सिंहलाई जिम्मेवार ठहराइएको छ ।

त्रिभुवनले नेपाललाई आफ्नो प्रान्त बनाउन अफर गरे पनि नेहरुले उक्त प्रस्ताव अस्विकार गरेका थिए । नेहरु चाहन्थे: नेपाल एक स्वतन्त्र देश नै रहोस् । तर इन्दिरा गान्धीले उक्त अवसर भेटेको भए सिक्किम झै विलय गराउँथे: मुखर्जीको पुस्तकमा यस्तै लेखिएको नवभारत टाइम्सको दाबी छ ।

प्रतिक्रिया