डब्ल्यूएचओको टिमलाई चीन प्रवेशमा रोक

admin

एजेन्सी, २२ पुस : कोरोना भाइरस (कोभिड-१९)को बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले तयार पारेको टिमलाई चीनले प्रवेशमा रोक लगाएको छ । कोरोना भाइरसको उद्गमस्थल चीनको वुहान जान लागेको डब्ल्यूएचओको टिम चीन प्रवेश गर्न नपाएका हुन् । भिसामा समस्या भएका कारण टोली चीन प्रवेश गर्न नपाएको डब्ल्यूएचओलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

डब्ल्यूएचओका दुई जना चीनको यात्रामा निस्किएकामा एक जना फर्किएका र अर्का एक जना तेस्रो देशको ट्रान्जिटमा रहेका बताइएको छ । लामो समयको छलफलपछि चीनले डब्ल्यूएचओलाई कोरोनाको उद्गमस्थल मानिएको वुहानमा अनुसन्धान तथा अध्ययनका लागि अनुमति दिएको थियो ।

वुहानमा अध्ययनका लागि डब्ल्यूएचओले १० सदस्यीय अन्तर्राष्ट्रिय विज्ञलाई चीन पठाउने तयारी गरेको छ । गएको महिना जनवरी २०२१ देखि अध्ययन सुरु हुने घोषणा गरिएको थियो । सन् २०१९ को अन्त्यमा पहिलो पटक वुहानमा देखिएको कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएको छ ।

प्रतिक्रिया