काठमाडौं, २२ पुस : बुधबार थप चार सय नौ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बुधबार छ हजार सात सय ६ जनाको पीसीआर परीक्षण भएकोमा चार सय नौ जनालाई संक्रमण भएको पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ६३ हजार एक सय ९३ पुगेको छ । यस्तै बितेको २४ घण्टामा चार सय ९५ जना कोरोनामुक्त भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५६ हजार एक सय ६१ पुगेको छ ।
साथै बितेको २४ घण्टामा ६ जनाको ज्यान गएसँगै कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १८ सय ९९ पुगेको छ । नेपालमा बुधबारसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार एक सय ३३ रहेको छ ।