कोरोनाबाट ज्यान गुमाउने संख्या १९ सय नाघ्यो, ४८३ जना डिस्चार्ज

admin

काठमाडौं, २३ पुस : कोरोना भाइरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या १९ सय नाघेको छ । बेतेको २४ घण्टामा चार जनाको ज्यान गएसँगै ज्यान गुमाउनेको संख्या १९ सय तीन पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितको २४ घण्टामा चार सय १२ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबारसम्म सक्रिय संक्रमितको संख्या पाँच हजार ५८ जना रहेको छ । यीमध्ये एक हजार पाँच सय ६१ जना संक्रमित होम आइसोलेशनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बाँकी ३ हजार ४ सय ९७ जना संक्रमित संस्थागत आइसोलेसनमा छन् । यस्तै बितेको २४ घण्टामा चार सय ८३ जना निको भएसँगै कोरोनामुक्त हुनेको संख्या दुई लाख ५६ हजार ६ सय ४४ पुगेको छ ।

प्रतिक्रिया