बाइडेनलाई शान्तिपूर्ण रुपमा राष्ट्रपति पद हस्तान्तरण गर्ने ट्रम्पको प्रतिवद्धता

admin

काठमाडौं, २४ पुस : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नव-निर्वाचित राष्ट्रपति जो बाइडेनलाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले वाशिङ्टनमा रहेको संसद भवन (क्यापिटल)भित्र आफ्ना समर्थकहरुले गरेको हिंसात्मक प्रदर्शनको २४ घण्टापछि बिहीबार एक भिडियो सन्देशमार्फत शान्तिपूर्ण रुपमा बाइडेनलाई सत्ता सुम्पिने बताएका हुन् ।

प्रतिवद्धतासँगै ट्रम्पले अन्ततस् गएको नोभेम्बरमा भएको निर्वाचनमा जो बाइडनको जितलाई स्वीकार गरेका छन् । ‘मेरो ध्यान अहिले शान्त, व्यवस्थित र निर्वाधरुपमा शक्ति हस्तान्तरणमा केन्द्रीत भएको छ । नयाँ प्रशासनको शपथग्रहण जनवरी २० मा हुनेछ’ उनले भनेका छन् । साथै उनले बुधबार भएको घटनाको निन्दा गरेका छन् । संसद भवनभित्र भएको हिंसा र अराजकता आपत्तिजनक रहेको ट्रम्पले बताएका छन् ।

प्रतिक्रिया